Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौं – अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज भएको नेपाल एयरलाइन्सको एउटा जहाज आकस्मिक रुपमा ग्राउन्डेड हुँदा उड्नका लागि तयार भएका पाँच सय यात्रु प्रभावित भएका छन्। कतारको दोहा उड्न ठिक्क परेको जहाज आज बिहान १ बजे काठमाडौं विमानस्थलमा प्राविधिक समस्याका कारणले ग्राउन्डेड भएपछि काठमाडौं र कतारमा यात्रु प्रभावित भएका हुन्।

उडानका लागि तयारीमा रहेको एयरलाइन्सको वाइडबडी जहाजको कम्प्युटिङ सेन्सरमा समस्या देखिएपछि थप मर्मत गर्नुपर्नेभन्दै ग्राउन्डेड गरिएको थियो। जहाजमा समस्या आएपछि काठमाडौंबाट उड्न तयार २७६ जना यात्रुलाई राति नै होटलमा राखिएको थियो। त्यस्तै आज दोहाबाट काठमाडौं आउनका लागि टिकट लिएका २५४ यात्रु प्रभावित भएका छन्।

चारवटा जहाज भएको नेपाल एयरलाइन्सको एउटा जहाज मर्मतका लागि इजरायल पठाइएको छ। तीनवटामा थप अर्को पनि ग्राउन्डेड भएको यो मर्मतका लागि अझै समय लाग्ने देखिएको छ। बाँकी रहेका दुई जहाजबाट सेड्युलमा रहेका अरु उडान रद्ध नगरी कतारको उडान सम्भव देखिएको छैन। तत्काल ५ सयभन्दा बढी यात्रु र आधा दर्जन अरु उडान प्रभावित हुने भएका छन्।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया