Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानको लोकप्रिय फास्टफुड कम्पनी म्याकडोनाल्ड होल्डिंग्स जापानले आफ्ना बिग म्याक र डबल चीजबर्गर सहित आफ्ना उत्पादनहरूको लगभग ३० प्रतिशत को खुद्रा मूल्यहरू जनवरी २४ मा १० येनदेखि ३० येनसम्म बढाउने भएको छ ।

गत शुक्रबार कम्पनीले घोषणा गरे अनुसार बिग म्याकको मूल्य ३० येनले बढेर ४८० पुग्नेछ । डबल चीजबर्गरको मूल्य भने ४३० येन कायम रहनेछ । जबकि तेरियाकी म्याकबर्गरको मूल्य ४०० येन पुग्नेछ । दुबै उत्पादनहरूको मूल्य ३० येनले वृद्धि हुने भएको हो ।

कच्चा पदार्थको मूल्य वृद्धि र वितरण लागत बढेपछि गत वर्ष जनवरीदेखि यो पहिलो मूल्य वृद्धि हुनेछ।म्याकडोनाल्ड जापानमा तुलनात्मक रुपमा सस्तो फास्टफुड हो । तर अब यो पनि सर्वसुलभ नरहने देखिएको छ।

तपाईको प्रतिक्रिया