Deneme Bonusu Veren Siteler
बुधबार, माघ ३०, २०८१
Wednesday, February 12, 2025

टोकियो – नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा आएका नेपाली विद्यार्थीहरूको साझा संस्था नेपाली विद्यार्थी समाज (नेसाज) को २०औँ राष्ट्रिय अधिवेशन जनवरी २८ तारिखका दिन हुने भएको छ । २०औँ राष्ट्रिय अधिवेशन ओसाकामा हुने तय भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अधिवेशनबाट नयाँ नेतृत्व चयनसहित संस्थालाई गतिशील दिनका लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिनो सेन्टरमा आगामी जनवरी २८ तारिखका दिन अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुसालले जानकारी दिए । नेसाजले जापानमा रहेको दूतावास तथा एनआरएनएलगायत संघसस्थासँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न आपत् विपदमा सहयोग गर्दै आइरहेको र पछिल्लो समय जापानमा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुँदै गर्दा नेसाजले खेल्नुपर्ने भूमिका अझै बढेको उनको भनाई छ ।

सन् १९९७ स्थापना कालदेखि नै निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारी भूमिका खेल्दै गर्दै, शैक्षिक सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम आदिले निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाज लाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण भुसालले जानकारी दिए । संस्थाले हालसम्म नेपाली विद्यार्थीहरूका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली विद्यार्थीहरूमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको समेत महासचिव सञ्जय कार्कीले जानकारी दिए ।

जापानमा विद्यार्थीका रुपमा आई अध्ययनपछि विभिन्न पेसा व्यवसायमा अबद्ध भएका अग्रज एवम् विज्ञहरूको समेत उपस्थिति रहने भएकाले अग्रजको अनुभव सुन्दै आफ्नो भविष्य उज्ज्वल बनाउने अवसर पनि भएकाले जापानमा रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरूमा उत्साहजनक सहभागिताको लागि कार्यक्रम संयोजक विकास अधिकारीले आग्रह गरे । विद्यार्थीमा भएको प्रतिभा उजागर गर्नका लागि नाचगान या सन्देशमूलक गजल कविता वाचन गर्ने विद्यार्थीलाई सम्मानपत्र प्रदान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विद्यार्थीले आयोजकलाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया