Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । मेयर साम्पाङले प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सोमबार उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको कार्यकक्षमा ताला लगाएका हुन् ।

लगत्तै सामाजिक सञ्जालमा स्टाटस लेख्दै मेयर साम्पाङले उपकुलपतिलाई ढिलो नगरी निकास दिन भनेका छन् । उनले आफूले लगाएको ताला नखोल्न चेतावनी दिँदै आवश्यक परे आफैँ खोल्ने बताएका छन् ।

त्यसअघि उनले कार्कीलाई राजीनामा नदिए घिसारेर निकाल्न नपरोस् भन्दै चेतावनी दिएका थिए । उनले लेखेका थिए, ‘बिपी अस्पतालको भिसी लुकी ढिलो नगरी बाहिर निस्केर निकास दिनु कि राजीनामा दिनु ! नत्र खोजेर घिसार्दै निकाल्न नपरोस् ! नाम नबिर्सनु है ।’

 

तपाईको प्रतिक्रिया