Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंवासीका घरमा आजदेखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ । सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन गरे । उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जनताको मन जित्नकै लागि एउटै परियोजना बारम्बार उद्घाटन गरेको टिप्पणी गरेका छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै‘ उनले भनेका छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर।’ मेयर साहले व्यक्तिगत कीर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने कुप्रथाको सुरूवात भएको बताएका छन्।

उनले लेखेका छन्, ‘प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली जोखिम कायमै राखी पानी ल्याइँदैछ । ‘

उनले मेलम्ची आयोजनाको प्राविधिक जोखिमको आकलन र समाधान नगरी राजनीतिक स्टन्टकै लागि मात्र काठमाडौं ल्याउने र उद्घाटन गरेर झुक्याइएको आरोप लगाए ।

 

तपाईको प्रतिक्रिया