Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपत्यकावासीलाई मेलम्चीको खानेपानी वर्षभर नै उपलब्ध गराउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले मेलम्ची आयोजनाअन्तर्गत हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि १२ महिना नै सञ्चालन गर्नेगरी व्यवस्था मिलाउन सम्बन्धित निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रतिवद्ध रहेको जिकिर गरे । उनले मेलम्चीको पानी पथान्तरण कार्यलाई दिगो बनाउने कार्य छिट्टै सम्पन्न गरी दोस्रो चरणको याङ्ग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्ययोजना बनाइ अघि बढाइने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले सुन्दरीजलमा थप क्षमताको पानी प्रशोधन केन्द्र तथा काठमाडौं उपत्यकामा नयाँ वितरण प्रणाली र फोहोर पानी प्रशोधन प्रणाली समेत विकास गरिने बताए । उनले केही वर्ष भित्रमा अर्को चरणमा काठमाडौं उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिणामको खानेपानी सेवा चौबिसै घण्टा उपभोक्ता सदस्यको धारामा उपलब्ध गराउने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री दाहालले मेलम्चीको पानी उपत्यकामा दिगो रुपमा सञ्चालन गर्ने विषय सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।

यो पनि पढ्नुहोस : धाराको पानी खाएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ

तपाईको प्रतिक्रिया