बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – उद्योगमा काटिएको विद्युत लाइन जोडिए पनि विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको छ । डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा २३ वटा उद्योगमा काटिएको लाइन जोडिए पनि प्राधिकरणले लोडसेडिङ सुरु गरेको हो । उद्योगीहरुका अनुसार प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ११ घण्टासम्म अघोषित रूपमा लोडसेडिङ सुरु गरेको छ ।

बिहान ५ बजेदेखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि १० बजेसम्म लोडसेडिङ भइरहेको सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले बताए । बिहान ६ घण्टा र बेलुका ५ घण्टा गरि दैनिक ११ घण्टासम्म लोडसेडिङ हुन थालेको अध्यक्ष थापाको भनाइ छ ।

यसपाली, प्राधिकरणले तालिका नै निकालेर लोडसेडिङको घोषणा नगरे पनि मौखिक रुपमा भने केही समय लोडसेडिङ हुने जानकारी गराएको उद्योगीहरुले बताएका छन् । यद्यपी, उद्योगीहरुले तालिका नै माग गरेका छन् ।

तपाईको प्रतिक्रिया