Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानले टोकियोमा म्याग्दी (मोना) फेस्टिवलको आयोजना गर्ने भएको छ ।

म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं पर्यटकीय गन्तब्यहरुको पहिचान एवं प्रवर्द्धन गर्ने र जिल्लामा उत्पादित कृषिजन्य तथा अन्य वस्तुहरुलाई जापानी बजारमा प्रचारप्रसार गर्ने मुलभुत उद्देश्यले उक्त फेस्टिवलको आयोजना गर्न लागिएको मोना जापानका अध्यक्ष बिशाल केसीले समुद्रपारिलाई बताए ।

आगामी अप्रिल महिनाको २७ र २८ तारिख हुन लागेको दुई दिवसीय फेस्टिवल टोकियोको इताबासी नगरपालिकाको सहयोग र सहकार्यमा संयुक्तरुपमा आयोजना गर्न लागिएको हो ।
उक्त फेस्टिवल आयोजनाका लागि मोना जापानका कोषाध्यक्ष समेत रहेका ज्ञानेन्द्र केसीको संयोजकत्वमा फेस्टिवल आयोजक मुल समारोह समिति गठन गरिएको मोना जापानका महासचिव सागर कार्कीले जानकारी दिए ।

इताबासी सिटीको हेइवा पार्कमा हुन लागेको उक्त फेस्टिवलको तैयारीका लागि विभिन्न उपसमितिहरु गठन गरी तैयारीलाई तिब्र पारिएको मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठले बताए । जसअनुसार आर्थिक ब्यवस्थापन उपसमितिको संयोजक बिशाल केसी, प्रचारप्रसार उपसमितिको संयोजकमा प्रवक्ता कमल बानियाँ, साँस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमितिको संयोजकमा सल्लाहकार तिलक मल्ल, अन्तर संघसंस्था समन्वय तथा फेस्टिवल ब्यवस्थापन उपसमितिको संयोजकमा महासचिव सागर कार्की, स्टल तथा बुथ ब्यवस्थापन उपसमितिको संयोजकमा उपाध्यक्ष महेन्द्र चोखाल, स्वयमसेवक परिचालन तथा फोहरमेला ब्यवस्थापन उपसमितिको संयोजकमा गणेश बानियाँलाई जिम्मेवारी तोकिएको छ ।

दुई दिवसीय फेस्टिवललाई ऐतिहासिक रुपमा सफल बनाउन मोना जापानका क्षेत्रीय समितिहरुका साथै म्याग्दी जिल्ला अन्तर्गतका जापानमा क्रियाशील सबै संघसंस्थाहरुलाई फेस्टिवल आयोजक मुल समारोह समितिमा समेटिएको छ भने गण्डकी प्रदेश अन्तर्गत ११ वटा जिल्ला र सो अन्तर्गतका जापानमा क्रियाशिल सामाजिक संघसंस्थाहरुलाई सह-आयोजकमा रहेर सहयोग र सहकार्य गर्न अपिल गरिने भएको छ । त्यसका लागि छिट्टै नै म्याग्दी (मोना) फेस्टिवल आयोजना बिषयक गण्डकी प्रदेशस्तरिय छलफल तथा रायसुझाव संकलन कार्यक्रमको आयोजना गरिने र त्यसको समन्वय गर्न मोना जापानका वरिष्ठ उपाध्यक्ष गणेश श्रेष्ठलाई संयोजक तोकिएको सचिव रेखा केसीले जानकारी दिईन् ।

दुई दिवसीय म्याग्दी फेस्टिवल देश र जन्मभूमिको हितलाई केन्द्रमा राखी अधिकतम फलदायी बनाउन मोना जापानले यसलाई प्रतिष्ठाको बिषय बनाएको छ । फेस्टिवलमा जापानी नागरिकहरुको अधिकतम सहभागितालाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रमको स्वरुप र ढाँचा निर्माण गरिने मोना जापानका अर्का उपाध्यक्ष प्रकाश तुलाचनले बताए ।

‘मोना जापानले पहिलोचोटी गर्न लागेको म्याग्दी (मोना) फेस्टिवललाई सफल पार्नु जापानमा रहेका हरेक म्याग्देलीको कर्त्तब्य हो, यो हाम्रो लागि अवसर र चुनौती दुबै हो, यसलाई हरेक वर्ष निरन्तरता दिदैं गृहजिल्ला म्याग्दी र इताबासी सिटीबीच साँस्कृतिक तथा सामाजिक सम्बन्ध स्थापित गरी पारस्परिक सहयोग आदानप्रदान गर्न सकिने तहसम्म बिकास गर्न चाहान्छौं, त्यसका लागि हामी कुराले भन्दा पहिले कामले जापानी मित्रहरुको विश्वास आर्जन गर्न चाहान्छौं – फेस्टिवल आयोजक मुल समारोह समितिका संयोजक ज्ञानेन्द्र केसीले भने ।

करीव २० वटा स्टलहरु रहने फेस्टिवलमा कला र सँस्कृतिजन्य सम्पदाको उद्गम एवं धनि जिल्ला मानिने म्याग्दी जिल्लाको मौलिक कला, सँस्कृति र सामाजिक विविधताहरु झल्काउने प्रस्तुतीहरुका साथै जापानी नागरिकहरुलाई लक्षित गरी जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले गन्तब्यस्थलहरुको बारेमा जानकारीमुलक सन्दर्भ सामग्रीहरुको प्रस्तुती रहने साँस्कृतिक कार्यक्रम ब्यवस्थापन उपसमितिका संयोजक तिलक मल्लले बताए ।

जापानीहरुका लागि नेपाल चिनाउने र नेपालीहरुलाई म्याग्दी चिनाउने प्रमुख ध्येयका साथ एउटा मोडेल पर्वकारुपमा बिकास गर्दै जापानमा रहेका म्याग्देलीहरुलाई एकताबद्ध गर्न म्याग्दी (मोना) फेस्टिवल कोसेढुंगा साबित हुने अपेक्षा गरिएको मोना केन्द्रका युवा संयोजक, एनआरएन जापानका उपाध्यक्ष र मोना जापानका निवर्तमान अध्यक्ष समेत रहेका सल्लाहकार सचिन श्रेष्ठले बताए ।

आयोजित दुई दिवसीय फेस्टिवल सम्पन्न गर्न नेपाली राजदूतावास टोकियो जापान, मोना आइइसी (केन्द्रीय कमिटी), एनआरएन जापान, नेपाली ब्यवसायी संघ (NBA) जापान, म्याग्दी जिल्लाका सबै स्थानीय तह, उद्योग वाणिज्य संघ म्याग्दी, म्याग्दी काठमाडौं कलाकार संघ, गण्डकी प्रदेश अन्तर्गतका जापानमा क्रियाशील जिल्लास्तरिय तथा अन्य सबै सामाजिक संघसंस्थाहरुसंग सहयोग-समन्वय र सहकार्यका लागि अनुरोध एवं अपिल गरिने मोनाका केन्द्रीय अध्यक्ष समेत रहेका सल्लाहकार ददिवल खड्काले बताए । ***

तपाईको प्रतिक्रिया