Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – एप्पललाई पछि पार्दै माइक्रोसफ्ट विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । माइक्रोसफ्टले सेयर बजार पुँजीकरणका आधारमा विश्वको सबैभन्दा ठूलो कम्पनी बन्दै गएको शुक्रबारको कारोबार सेसन अन्त्य गरेको हो । यसअघि बिहीबारको इन्ट्राडे कारोबारमा पनि माइक्रोसफ्टले एप्पललाई केही समयका लागि पछि पारेको थियो ।

शुक्रबारको कारोबार बन्द हुँदा माइक्रोसफ्टको सेयर बजार पुँजीकरण २८.९० खर्ब डलर कायम भएको छ । यता, एप्पलको कुल बजार पुँजीकरण भने २८.७० खर्ब डलर रहेको सीएनबीसीले उल्लेख गरेको छ । गत साता माइक्रोसफ्टको सेयर भाउ ३% ले वृद्धि हुँदा एप्पलको भने ३% ले नै घटेको थियो । जसका कारण बजार पुँजीकरणमा माइक्रोसफ्ट अघि आएको हो ।

तपाईको प्रतिक्रिया