Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् । अन्तर्राष्ट्रिय तेक्वान्दोले लिएको परीक्षामा उत्तीर्ण हुँदै काजल अन्तर्राष्ट्रिय रेफ्री बनेको काठमाडौँ जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाकी काजलले गत डिसेम्बर ७ देखि १० तारिखसम्म अन्तर्राष्ट्रिय तेक्वान्दोले कोरियाको मुजुमा लिएको परीक्षामा सामेल भएकी थिइन् । काजल १३औँ दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक विजेता हुन् ।

काजलले सन् २०२३ अगस्टमा कोरियामा भएको एमबीसी कप अन्तर्राष्ट्रिय तेक्वान्दोमा रजत जितेकी थिइन् । उनी २०२३ मै अजरबैजानमा भएको तेक्वान्दोको विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाएकी थिइन् ।

तपाईको प्रतिक्रिया