Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभा सदस्यका लागि हुन गइरहेको निर्वाचनमा जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् ।

सो पार्टीका अध्यक्ष डा. सीके राउतले उम्मेदवारी फिर्ता लिनका लागि गरिएको आग्रह अस्वीकार गरेका छन् । राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीबाट अध्यक्ष राउतले सत्ता गठबन्धनको निर्णय विपरीत मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी दिन लगाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले पुस २७ गते उम्मेदवारी फिर्ता लिने म्याद रहेको हुँदा सोही दिन अध्यक्ष राउतलाई फोन गरेर उम्मेदवारी फिर्ता लिनका लागि आग्रह गरेका थिए । जनमत पार्टीले मधेस प्रदेशबाट रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरीलाई उम्मेदवार बनाएको छ ।

 

तपाईको प्रतिक्रिया