Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – यातायात व्यवस्था विभागको आन्तरिक छानविन समितिले एक लाखभन्दा बढि नक्कली सवारी चालक अनुमति पत्र जारी भएको निश्कर्ष निकालेको छ ।विभागबाट विभिन्न समयमा जारी भएका ७० हजारभन्दा बढि लाइसेन्स नक्कली रहेको आशंका पछि विभागका आईटी शाखा प्रमुख मुकेश रेग्मीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो ।

उक्त समितिले एक लाखभन्दा बढि नक्कली लाइसेन्स जारी भएको र २०७२ सालदेखि २०८० सालसम्म वितरण भएका करिब ५० लाख लाइसेन्स छानविन गर्नुपर्ने निश्कर्षसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रतिवेदन बुझाएको छ । परीक्षा र ट्रायल विनानै र डाटा तोडमोड गरेर लाइसेन्स जारी भएको पाइएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया