Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – काठमाडौँको चन्द्रागिरिस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा. महेशकुमार गौतमको मृत्यु भएको छ । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत विशेष डाक्टर गौतम आफैले चलाएको कार शनिबार दुर्घटना हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पारिवारिक स्रोतकाअनुसार उनी पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न निस्केका थिए । उनले पृथ्वीजयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा परिवारसहित घुम्न गएका तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनी घरबाट घुम्न त गए, तर शनिबारको मध्यदिन उनको आफन्त र तमाम संगी-साथीहरूको लागि कालो दिन बनेर आयो ।

उनले चलाएको प्र.३-०१-२३ च ६९८५ नम्बरको कार काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीसहित उनका दुई सन्तान र सासू-ससुराले ज्यान गुमाए । कहालीलाग्दो दुर्घटनामा डा. गौतमसहित चार जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने उनकी छोरी स्मारिका गौतमको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका ३० मैतीदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको छ । उनी गौतमका सामु ससुरा हुने । उनकी ४ वर्षीय छोरा प्रियान्स र ६ वर्षीया छोरी स्मारिकाको पनि मृत्यु भएको छ । दुर्घटनामा डा. सृष्टि तिवारी गौतम भने घाइते छिन् । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन् ।

तपाईको प्रतिक्रिया