Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आउँदो फागुन १ देखि ३ गतेसम्म गरिने भएको छ । विधान सम्मेलन काठमाडौंमा गर्ने निर्णय पनि गरिएको छ ।

शनिबार बसेको स्थायी कमिटीको बैठकबाट यो निर्णय गरिएको उपाध्यक्ष एवं पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । विधान सम्मेलनअघि माघ २६ गते स्थायी कमिटीको बैठक बस्ने उनले बताए । मंसिरमा हुने भनिएको माओवादी केन्द्रको विधान सम्मेलन प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डको व्यस्तता, जनतासँग माओवादी विशेष रूपान्तरण अभियान लगायतका कारण स्थगित गरिएको बताइएको थियो ।

गत साउन १७ देखि २१ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकले मंसिरमा पार्टीको विधान सम्मेलन र त्यसको ६ महिनापछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । पार्टी विधि र पद्धतिसम्मत नचलेको, नेतृत्व मनोमानी रूपमा चलेको भन्दै बैठकमा केन्द्रिय सदस्यहरूले प्रश्न उठाएपछि माओवादीले विधान सम्मेलन गर्ने निर्णय गरेको थियो ।

विधानसम्मेलन अघि पार्टीलाई कस्तो बनाउने भन्नेबारे जनतासँग छलफल गर्ने भन्दै उसले भदौ १७ गतेदेखि मंसिर १७ गतेसम्म जनतासँग माओवादी विशेष रूपान्तरण अभियान चलाएको थियो ।

तपाईको प्रतिक्रिया