Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन् ।​ ड्राइभिङ स्कूल सङ्घको पाँचौं महाधिवेशनलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ शुरू हुने बताएका हुन् ।

‘आज मात्रै ६ लाख कार्ड ल्याइएको छ । अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौं । लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौं’, उनले भने, ‘माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ ।’

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कूलहरूले रोजगारी सृजना गर्दै आएको बताए । उनले भने, ‘स्कूल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीन वटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ ।’

 

तपाईको प्रतिक्रिया