Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि एकता संयोजन समिति बनाएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा समिति बनाउने निर्णय गरेको हो ।

विधान सम्मेलनका प्रतिनिधि छनोटका लागि मापदण्ड बनाइएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।बैठकमा माओवादीका प्रदेश इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्जहरूको रिपोटको संश्लेषण गरेको हुन् ।

नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

तपाईको प्रतिक्रिया