Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंबाट चित्लाङ जाँदै गरेको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । प्र. ३-०१-२३ च ६९८५ नम्बरको फोर्ड कार शनिबार दिउँसो चन्द्रागिरी नगरपालिका४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।

कार पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते छन् ।

दुर्घटनामा परी मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका-२ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतमको मृत्यु भएको छ । महेशले कार चलाएका थिए ।

दुर्घटनामा परी ६ वर्षीया स्मारिका गौतम गम्भीर घाइते भएकी छन् । उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको एसपी ढुंगेलको भनाई छ ।

तपाईको प्रतिक्रिया