Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका निवर्तमान अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी सर्वसम्मत अध्यक्षमा चयन भएकोमा आफू असन्तुष्ट नभएको बताएकी छिन् । रेशमले बनाएको पार्टीमा उनी नै अध्यक्ष हुँदा आफू असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको उनले बताइन् । रेशम अध्यक्ष हुँदा आफू असन्तुष्ट भएको भन्दै गलत हल्ला फैलाइएको उनले बताइन् ।

कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनले रेशमलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ । ‘म आफैं निवर्तमान अध्यक्ष हुँ । अहिले रेशमजीलाई अध्यक्षमा सर्वसम्मत बनाएका छौं । म अध्यक्षको दाबेदार हुन्थेँ भने उम्मेदवारी दर्ता गराउँथे । तर, मेरा बारेमा फेसबुकमा नचाहिँदो हल्ला भए,’ रञ्जिता श्रेष्ठले भनिन्, ‘नागरिक उन्मुक्ति पार्टी उहाँ (रेशम)ले जन्माएको पार्टीं हो । देशैभरका महधिवेशन प्रतिनिधिले सर्वसम्मत रुपमा उहाँलाई अध्यक्ष चयन गरेका हौ । सबैले सल्लाह गरेर उहाँलाई अध्यक्ष बनाउनुपर्छ भनेर बनाएपछि अब सिद्धियो ।’

तपाईको प्रतिक्रिया