Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनाका घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले दुर्घटनाप्रति दुख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा समवेदना गर्दै घाइतेको उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका हुन् ।

गएराति दाङको भालुवाङमा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको थियो । बसमा सवार ३५ जनामध्ये १२ जनाको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् । घाइते २२ मध्ये सातजनालाई बुटवल, नौजनाको नेपालगञ्ज र ६ जनाको भालुवाङ अस्पताल दाङमा उपचार भइरहेको छ ।

शुक्रबार राति नेपालगञ्जबाट काठमाडौंतर्फ आइरहेको भे १ ख ३००१ ख ३९१२ नम्बरको बस राप्ती गाउँपालिका–१ स्थित राप्ती पुलबाट खसेको थियो ।

 

तपाईको प्रतिक्रिया