Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दाङको राप्ती नदीमा बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ। शुक्रबार राति बाँकेको नेपालगञ्जदेखि काठमाडौंका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रिबस राप्ती नदीमा खसेको थियो । प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो।

उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमध्ये हेटौंडाका ४५ वर्षीय सौरभ विष्ट, बाँके नेपालगञ्जकी ६० वर्षीया कुशुम बस्नेतको पहिचान भएको छ भने अन्य १० जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसमा ३५ जना यात्रु रहेको र २३ जना घाइते भएका छन्।घाइतेहरुको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया