Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा विभिन्न माग राखेका छन् । जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका उनीले आफ्ना माग राखेका हुन् ।

उनले अरू कैदीबन्दीले खाने खाना आफू नखाने बताएको स्रोतले जनाएको छ । जलेश्वर कारागारका एक अधिकारीका अनुसार उनले छुट्टै खाना बनाएर दिन आग्रह गरेका थिए । उनले बेसार, लसुन, प्याज हालेको दाल, तरकारी पनि नखाने बताएका हुन् ।

बम्जनले खाना खान नमानेपछि कारागारमा रहेका अरू जोगीहरूलाई बनाएका खाना दिएको कारागार प्रशासनले जनाएको छ । रामबहादुरले कारागारमा ध्यानको लागि योग्य स्थानको समेत माग गरेका छन् । उनले शुक्रबार बिहानै पनि ध्यान गरेका थिए ।

बाल यौन शोषण गरेको अभियोगमा बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरिएको थियो ।

तपाईको प्रतिक्रिया