Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो ।

अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेकाले उनी सर्वसम्मत चयन भएका हुन् । तर, निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ ।

यसअघि चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष थिइन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन् । अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ ।

तपाईको प्रतिक्रिया