Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – करौडौँ बक्यौता नबुझाएका उद्योगको बिजुली काटिदिएको नेपाल विद्युत् प्राधिकरण अन्ततः आफ्नो निर्णयबाट पछि हटेको छ । ५ करोड रुपैयाँभन्दा बढी बक्यौता तिर्न बाँकी रहेका २४ उद्योगको लाइन काटेको प्राधिकरणले बक्यौता नउठाइ लाइन जोडिदिने निर्णय गरेको छ । शुक्रवार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको ९६०औं बैठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महसुल बक्यौता भएका ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको हो ।

यसअघि मन्त्रिपरिषदको बैठकले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता छानबिनका लागि समिति गठन गर्दै उद्योगहरूको काटिएको बिजुली हाललाई जोड्न प्राधिकरणलाई निर्देशन दिएको थियो । प्राधिकरणले यही पुसको पहिलो सातादेखि उद्योगहरूको लाइन काट्न सुरु गरेको थियो । २०७२ सालदेखिको विवादित महसुलको बक्यौता उठाउने अन्तिम विकल्पका रूपमा प्राधिकरणले उद्योगको लाइन काट्न सुरु गरेको थियो । हालसम्म प्राधिकरणले २३ वटा उद्योगको लाइन काटिसकेको छ ।

उद्योगको लाइन काटेको १ महिना बितिसक्दा समेत बिजुली जोडिएको थिएन । यसबाट हजारौँको रोजगारी र राज्यले दैनिक रूपमा करोडौं राजश्वको क्षति समेत बेहोर्दै आइरहेको छ ।

 

तपाईको प्रतिक्रिया