Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा गुडिरहेको ट्रकबाट फिल्मी शैलीमा झन्डै १० करोड भारुको आइफोन चोरीको घटना बाहिरिएको छ । यो घटना पश्चिम बङ्गालको हो । गुडिरहेको ट्रकबाट चोरहरूले ९ करोड ७० लाख भारु मूल्य बराबरका १ हजार ५०० थान आइफोन चोरेका छन् । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकको मोबाइलहरू बोकेर एउटा ट्रक चेन्नईबाट कलकत्ता गइरहेको थियो । पश्चिम बङ्गाल छिर्ने बित्तिकै ट्रकबाट मोबाइल चोरी भयो । चोरीको पूरा घटना सुनेर कलकत्ता उच्च अदालत समेत छक्क परेको थियो । यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी २ मा हुने बताइएको छ ।

यो घटना गएको वर्ष सेप्टेम्बर २८ को हो । चोरी गरिएका कयौँ फोन चोर बजारमा विक्री गरेर खरिदकर्ताले चलाउन समेत सुरु गरिसकेका थिए । आइफोन ओसार्ने ट्रकमा अत्याधुनिक जीपीएस सिष्टम लगाइएको थियो । ट्रक कुनै ठाउँमा पाँच मिनेटभन्दा बढी समय रोकिने बित्तिकै ट्रक सञ्चालक कम्पनीको कार्यालयमा यसबारे अलर्ट पुगिसक्थ्यो । सन् २०२३ को सेप्टेम्बर २८ को बिहान ६ बजे उक्त ट्रक पश्चिम मेदिनीपुर जिल्लाको नयाँ बजारमा एउटा पेट्रोल पम्पमा ५ मिनेटभन्दा बढी समय रोकियो ।

 

तपाईको प्रतिक्रिया