Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार चलान गरिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो। सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले जानकारी दिए।

बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो। बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन्। २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो। फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले गत मंगलबार पक्राउ गरेको थियो।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया