Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने गौशाला २६ को वास्तविक तस्बिर र नाम सामाजिक सञ्जालमा राख्ने एक कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबु शाखा समिति सदस्य दिवस सापकोटा कारबाहीमा परेका हुन् ।

सामाजिक सञ्जालमा प्रयोगमा संवेदनशील नरहेको भन्दै दिवसलाई पदीय जिम्मेवारीबाट निलम्बन गरिएको पार्टीले जनाएको छ । उनले गौशाला २६ को तस्वीर र नामसहित ट्वीटरमा पोस्ट गरेका थिए । अदालतको फैसलाको आलोचना गर्दै उनले गौशालामाथि कटाक्ष गरेको रास्वपाको सूचनामा उल्लेख छ ।

गौशाला २६ को तस्बिर उनको इन्स्टा अकाउन्टबाट निकालेर केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यौनजन्य मुद्दामा उजुरी वा मुद्दा दिने युवतीको नाम र तस्बिर प्रहरीले गोप्य राख्ने गर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पनि पहिचान खुलाउन नपाइने नियम छ ।

 

तपाईको प्रतिक्रिया