Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडाैं – नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा तीन वर्ष जेल सजाय भएको छ । मदन पुरस्कार विजेतासमेत रहेका साहित्यकार शाहलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा सजाय निर्धारण गरेको हो ।

विशेष अदालतले यसअघि नै भ्रष्टाचार मुद्दामा उनीसहित दुई जना दोषी ठहर गरिसकेको थियो । बुधबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सजाय निर्धारण गरेको हो ।

क्षेत्रीय तालिम प्रहरी कार्यालय प्रमुख रहेका बेला रकम हिनामिना गरेको प्रकरणमा तत्कालीन डीआईजी शाह र पूर्व प्रहरी नायब निरीक्षक (सई- लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर भएका थिए ।

शाहलाई बिगो र बिगो बमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो। उक्त रकम नै बिगो र तीन वर्ष कैद सजाय हुने फैसला भएको हो ।

यस्तै सोही प्रकरणमा पूर्व प्रहरी नायब निरीक्षक (सई- लेखापाल) दीपेन्द्रप्रसाद पनेरुलाई पनि तीन वर्ष कैद र १६ लाख ६९ हजार ४२ रुपैयाँ जरिवाना गरेको छ ।

तपाईको प्रतिक्रिया