Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष जेल सजाय तोकिएको छ । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले लामिछानेको सजाय निर्धारण गर्दै ८ वर्ष जेल सजाय तोकेको हो । लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख जरिवाना गर्ने फैसला भएको जिल्ला अदालत काठमाडौंले जनाएको छ ।

यसअघि पुस १३ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । सन्दीपले पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको जिल्ला अदालतको ठहर छ ।

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् । सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताउनु भएको हो । राष्ट्रिय क्रिकेटका पूर्व कप्तान लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया