Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – आफूलाई तपश्वी दावी गर्ने रामबहादुर बम्जन पक्राउ परेसँगै महाराजगञ्जमा उनका समर्थकहरू ठूलो संख्या जम्मा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी) ले मंगलबार बम्जनलाई पक्राउ गरेको छ ।

सेतो ज्याकेटमा देखिएका बम्जनलाई हत्कडीसहित प्रहरीले सार्वजनिक गरेको हो । उनी चिन्तित मुद्रामा देखिएका छन् । भित्र बम्जन सीआईबीको नियन्त्रणमा हुँदै गर्दा बाहिर अनुयायीको मौन रुपमा जम्मा भएका भएका हुन् ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै बम्जनलाई सार्वजनिक गरेको थियो । तर, उनका अनुयायीहरूलाई भने भित्र पस्न दिइएन । करिब डेढ सयको संख्यामा रहेका अनुयायीहरूले कुनै प्रदर्शन वा नारावाजी नगरी शान्तरूपमा बसिरहेका छन् ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जन पक्राउ परेसँगै नेपालसहित विभिन्न १८ देशका ३ करोड ३४ लाख ३७ हजार ९०६.७ रुपैयाँ पनि बरामद भएको प्रहले जानकारी दिएको छ । उनीहरूले आफूहरू गुरु (बम्जन) को दर्शन गर्नका लागि आएको बताएका छन् ।

तपाईको प्रतिक्रिया