Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्वरबहादुर विष्ट निर्विरोध निर्वाचित भएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरिन् ।

सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता तथा भक्तिप्रसाद सिटौला र प्रेमराज थाम्सुहाङ समर्थक रहेका थिए । गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो ।

बिहान बसेको कार्यव्यवस्था समितिको बैठकले आजै सकिने गरी सभामुखको निर्वाचन कार्यक्रम तालिका प्रकाशित गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा बिहान १० बजे बसेको प्रदेश सभा बैठकले निर्वाचनसम्बन्धी तालिका प्रकाशित गर्ने प्रस्ताव पारित गरेको हो ।

सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको हो । राप्रपाले समानुपातिक सांसद विष्टलाई सभामुख बनाएको हो ।

तपाईको प्रतिक्रिया