Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कोशी प्रदेश सभाले आज (मंगलबार) सभामुख पाउने भएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ । उपसभामुख सिर्जना दनुवारले निर्वाचनमा गएर भए पनि सभामुखको टुङ्गो लगाउन कार्य व्यवस्थामा सहमति भएको जानकारी दिइन् ।

सत्तारुढ दलहरू राप्रपालाई सभामुख दिन सहमत भएका छन् । राप्रपाले सभामुख लिने निर्णय गरेपछि राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई सभामुख बनाउने तयारी गरेको छ । योसँगै सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने लगभग पक्का देखिएको छ । सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठकले सभामुख लिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया