Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काम गर्न नसकेको आरोप खेपिरहेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर मंगलबार उनले राजीनामा बुझाएका हुन् ।

उनको कार्यकाल आउँदो साउनसम्म थियो । इन्टरनेट सेवा प्रदायकहरुसँग कर असुली, एनसेल सेयर खरिदविक्रीलगायत मुद्दामा उनको नेतृत्व आलोचित छ । स्मार्ट सेलको खारेजी प्रक्रियािमासमेत काम गर्न नसकेको उनले आरोप खेपेका छन् ।

एमडीएमएसलगायत विभिन्न प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनी तानिएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले खनाललाई २०७६ साल साउन ६ गते प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया