Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पछिल्लो एक वर्षमा विभिन्न उद्देश्यले १६ लाख भन्दा बढी नेपालीले देश छाडेका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीनहजार ८३६ जना नेपाली विश्वका २२२ देश तथा क्षेत्र पुगेका छन् । अध्यागमन विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक निकाल्दै सोमबार सार्वजनिक गरेको थियो ।

तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, तालिम, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ । तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।

 

तपाईको प्रतिक्रिया