Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – काठमाडौंबाट बैंकक उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारोबडी जहाजमा समस्या देखिएको छ । जसका कारण उड्न लागेका १५२ यात्रु अलपत्र परेका छन् । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजले सोमबार दुई पटक उड्ने प्रयास गर्दा पनि नसकेपछि १५२ यात्रु अलपत्र परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाकाअनुसार, निगमको आरए ४०१ उडान नम्बरको न्यारोबडीले दुई पटक उड्ने प्रयास गर्दा नसकेपछि फेरि ५ बजे यात्रुलाई पुन जहाजबाट ओरालेर टर्मिनल भवनमा फर्काइरहेको छ । ‘पहिलो पटक साढे दुई बजे उड्नका लागि एप्रोनबाट पुसब्याक गरेर जहाजलाई ट्याक्सी-वेमा पठाइएको थियो, प्राविधिक समस्या देखिएकाले चालकदलले एप्रोनमा फर्काए,’ प्रवक्ता झाले भने, ‘दोस्रो पटक पुन साढे ४ बजे यात्रु राखेर फेरि जहाज उड्ने तरखरमा थियो । फेरि प्राविधिक समस्या दोहोरिएको जनाउँदै पार्किङ्ग वे नम्बर ६ मा राखिएको छ ।’

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले जहाजको हाइड्रोलिक सिस्टममा समस्या देखिएको जानकारी प्राप्त भएको बताए । निगमसँग अर्को जहाज नभएकाले यी यात्रु समयमै उड्ने टुंगो लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया