बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

टोकियो – जनप्रगतिशील मञ्च जापानको नवौँ अधिवेशन टोकियोमा हुँदैछ । मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन गर्न लागिएको हो ।

अधिवेशनको भव्य तयारी गरिएको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए । प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नवौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन राजधानी टोकियोमा हुँदैछ ।

अधिवेशनका लागि माओवादी केन्द्रका नेता, ओम शर्मा र लक्ष्मण पन्तको समेतको उपस्थिति रहने छ । पन्त माओवादी पार्टी प्रवास समन्वय समितिका सह इन्चार्ज हुन भने शर्मा प्रवास कमिटीका अध्यक्ष हुन् । अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू बनाएर जिम्मा दिइएको मञ्चका महासचिव बाबुराम पौडेलले बताए ।

आफ्नो कार्यकाल अत्यन्त स्वर्णिम रहेको अध्यक्ष पन्तले बताए । आफू पुनः अध्यक्षको प्रतिस्पर्धाको लाइनमा नरहेको उनको भनाई छ । पन्तले आफ्नै कार्यकालमा हालका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जापान भ्रमण गराउने अवसर समेत प्राप्त भएको बताए ।

मञ्चको आगामी अधिवेशनले भने आगामी दुई वर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनको कार्यक्रमस्थल टोकियोको मुसासी साकाइ स्टेसनको North exit अन्तर्गत स्टेसनको नजिकैको swing building 2F मा तोकिएको छ । अधिवेशनस्थल पुग्न टोकियो स्टेसनबाट ३० मिनेट लाग्नेछ भने सिन्जुकु स्टेसनबाट जम्मा १६ मिनेट लाग्नेछ ।

तपाईको प्रतिक्रिया