Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १२, २०८१
Monday, October 28, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो परिवारसंग सिमरा पुगेका छन् । करिब दुईसाता भैरहवा बसाईपछि उनि परिवार सहित सिमरा पुगेका हुन् । आइतबार दिउँसो बुद्ध एयरको जहाजबाट सिमरा जाने कार्यक्रम रहेको थियो ।यस्तै दिउँसो २ बजे भैरहवाबाट जहाज बुकिङ गरी सिमरा जाने कार्यक्रम रहेको थियो तर बाक्लो हुस्सुको कारण विमानस्थल खुल्न नसकेपछि पूर्वराजा शाहको परिवार आज सोमबार बिहान १० बजे स्थलमार्ग हुँदै सिमरा पुगेका हुन् ।

उनलाई ठाउँठाउँमा स्थानीयहरुले स्वागत गरेका छन्। नागरिक अभिनन्दनको लागि भन्दै पश्चिम र मध्य तराई भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्रको साथमा पूर्वरानी कोमल, छोरी प्रेरणासहित सिमरा पुगेका हुन् । करिब दुईसाता सिमरा बसाइँको क्रममा वीरगन्ज, कलैया गढीमाई, मकवानपुर लगायत जिल्लामा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको छ ।

 

तपाईको प्रतिक्रिया