बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

युक्रेन – जापानका विदेशमन्त्री योको कामिकावाले आइतबार किएभको भ्रमण गरेकी छन् । भ्रमणका क्रममा उनले मस्कोको आक्रमणको दोस्रो वर्ष नजिक आउँदा टोक्यो युक्रेनलाई समर्थन गर्न ‘दृढ’ रहेको बताएकी छन् ।

जापान रुसविरुद्ध पश्चिमी प्रतिबन्धहरूमा सामेल भएको छ र उसले किएभलाई हतियार प्रदान गरेको छ । कामिकावा सन् २०२४ को आफ्नो पहिलो विदेश भ्रमणका रुपमा युक्रेन पुगेकी हुन् । ‘युक्रेनमा शान्ति पुनर्वहाली हुन सकोस् भन्ने हेतुले जापान युक्रेनलाई सहयोग गर्न प्रतिबद्ध छ,’ उनले पत्रकार सम्मेलनमा भनिन्, ‘युक्रेनमा अहिले स्थिति कति तनावपूर्ण छ भन्ने मैले महसुस गर्न सक्छु ।’

उनको भ्रमण द्वन्द्वमा दुवै पक्षबाट बढ्दो हमलाका बीच भएको हो । ‘विशेष गरेर नयाँ वर्षको दिनमा म एकपटक फेरि रुसको क्षेप्यास्त्र र ड्रोन हमलाको निन्दा गर्दछु,’ उनले भनिन् । उनले ड्रोन पत्ता लगाउने प्रणाली प्रदान गर्नका लागि जापानले ३ करोड ७० लाख अमेरिकी डलर दिने घोषणा पनि गरिन् । एएफपी

तपाईको प्रतिक्रिया