Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई शवको पहिचान खुलेको छ । घटनाको ४६ दिन पछि मृतकहरूको पहिचान खुलेको हो ।

उनीहरू नाताले श्रीमान् श्रीमती हुन् । घर भारत भई उनीहरू भरतपुरमा व्यापार गरी बस्दै आएका थिए । घटनाका पीडक भने भारतमै रहेको खुलेको छ । पीडकले पहिला श्रीमान् र पछि श्रीमतीलाई सलले बाँधेर हत्या गरेको खुलेको छ ।

चितवन प्रहरीले पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । भरतपुर महानगरपालिका १२ स्थित मिलनचोकको कल्भर्ट मुनि बोरा भित्र बाँधिएको अवस्थामा गत मंसिर ६ गते एक पुरुष र महिलाको शव फेला परेको थियो ।

घटना पछि सिआइबी, प्रदेश प्रहरी र चितवन प्रहरीको संयुक्त प्रयासमा अनुसन्धान भएको थियो । २ पटकसम्म मृतकको शव स्केच सार्वजनिक गरिएको थियो ।

तपाईको प्रतिक्रिया