Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा भ्रमणमा जानुहुने भएको छ। जनवरी १७ देखि २० सम्म युगान्डाको काम्पालामा हुन लागेको असंलग्न राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जानेबारे तयारी भएको हो ।

प्रधानमन्त्री प्रचण्ड माघ १ गते युगान्डा प्रस्थान गर्नेगरी छलफल भइरहेपनि मिति भने तय भइनसकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो। भ्रमणको विषयमा सबै कुरा टुंगो लागेपछि परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी दिने आचार्यले बताउनु भयो। अहिले पनि ठोस कार्यक्रम तय भइनसकेको उहाँको भनाइ छ।

शिखर सम्मेलनअघि युगान्डामै पराष्ट्रमन्त्रीस्तरीय बैठक हुनेछ। यसअघि १८ औँ सम्मेलन अजरवैजानमा तथा त्यसअघि २०१६ मा भेनेजुएलामा सम्मेलन गरिएको थियो।

तपाईको प्रतिक्रिया