Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

म्याग्दी – धारिलो ढुङ्गा (छपनी) प्रहारबाट गम्भीर घाइते भएकी म्याग्दीको मालिका गाउँपालिका-७ बिमकी सात वर्षीया प्रियंका गर्बुजाको मृत्यु भएको छ । उनको शनिबार बेलुका पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शनिबार दिउँसो हजुरआमामाथि आक्रमण भएपछि उनी छेक्न पुगेकी थिइन् । छेक्ने क्रममा उनीमाथि पनि ढुंगा प्रहार भएको थियो । ढुंगा प्रहारबाट उनकी हजुरआमाको घटनास्थलमै मृत्यु भएको थियो । प्रियंका र ६६ वर्षीया अमृता जुग्जालीलाई हेलिकप्टरबाट मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

अस्पतालमा चिकित्सकले प्रियंकालाई मृत घोषित गरेको थियो। अमृताको भने उपचार जारी छ । उनी खतरामुक्त रहेको म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । उनीमाथि चिर्पट प्रहार भएको थियो । हजुरआमालाई दरवाङ-मराङ सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको थियो । प्रियङ्काका भाइ प्रिन्स भने घरको खाटमुनि लुकेर ज्यान बचाएका थिए । मनिषाका छोरा र बुहारी खेतमा काम गर्न गएका समयमा घटना भएको थियो ।

लुरवाङको माथि जङ्गलमा घाँस काट्दै गरेका अमृता र अर्का एक जना महिलामाथि पनि चिर्पट प्रहार भएको थियो । प्रतिकार गर्ने क्रममा अमृता घाइते भएकी थिइन् । बिमको तल्लो गाउँ नजिकै एक ट्याक्सी पनि तोडफोड भएको स्थानीयले बताएका छन् । हत्या र आक्रमणमा संलग्न भएको आरोपमा मालिका-७ बिमवाङबाट स्थानीयले एक जना मानसिक सन्तुलन ठिक नभएका व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

‘एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएका छौँ,’ प्रनाउ कुँवरले भने, ‘विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको छ ।’ प्रहरीले पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गर्ने तयारी गरेको छ । मृतकको शव परीक्षणका लागि बेनी अस्पतालमा लगिएको छ ।

तपाईको प्रतिक्रिया