Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नयाँ तरिकाबाट अवैध लागुऔषध गाँजाको बिक्री वितरण हुने गरेको तथ्य रहस्य खुलेको छ । केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं-२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । उनलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अण्डर स्कोर नामक अकाउन्ट बनाइ अवैध रूपमा विज्ञापन गर्दै अनलाइनमार्फत गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

मानन्धरको कोठाबाट १२१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ । तयारी अवस्थाको केकको झोला १७८ ग्राम, ३ किलो ७५४ ग्राम गाँजा, लागुऔषध जोख्ने डिजिटल तराजु पनि बरामद भएको छ । विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केकलगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत बेच्दै आएको अनुसन्धानबाट खुलेको छ । गाँजा मिसाएर बनाउने गरेका परिकारका मेनुहरू समेत फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया