Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – आइतबार शेयरबजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो सातादेखि ओरालो यात्रा थालेको नेप्से परिसूचक आज २६.३६ अङ्कले घटेर २०२२.९२ विन्दुमा बन्द भएको हो । बजार घटेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । आज सेन्सेटिभ इन्डेक्स ६.१६ अंकले घटेर ३७३.०० अंकमा पुगेको हो ।आज कुल ३०४ कम्पनीका १ करोड ५२ लाख ६८ हजार कित्ता शेयर ५ अर्ब २४ करोड १४ लाख ८ हजारमा किनबेच भयो । आजको बजारमा ८१ कम्पनीका लगानीकर्ताले कमाउँदा १५९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

आज तेह्रथुम पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीमा सकारात्मक सर्किट लागेको थियो । आज सर्वाधिक गुमाउनेमा भने मानुसी लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यो कम्पनीको शेयरमूल्य आज सर्वाधिक ६.६९ अंकले घटेको छ । त्यस्तै, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सर्वाधिक कारोबार भएको बजारमा हाइड्रोपावरबाहेक सबै उपसमूहको सूचक ओरालो लागेको छ ।

 

तपाईको प्रतिक्रिया