Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ३०० ग्राम सुन बरामद भएको छ ।

शनिवार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्द ठकुरीले जानकारी दिए । पक्राउ पर्नेमा श्रीलंकन नागरिक कन्थीमाथी काभास्कार रहेको पाइएको छ ।

ती श्रीलंकन महिला दुबईबाट सुन लिएर राति १२ः५ बजे विमानस्थल आइपुगेको र १ बजे पक्राउ परेको डीआईजी ठकुरीले बताए । ती महिलाले सुन आफ्ना भित्री बस्त्रमा लुकाएर ल्याएको पाइएको छ । उनले ब्रा र कट्टुमा सुन लुकाएर ल्याएकी थिइन् ।

घटनाबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया