Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय सभाको चुनावमा सत्ता गठबन्धनका दलहरुबीचमै सिट बाँडफाँट हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेता रमेश लेखकले अब सबै सिटमा गठबन्धनले नै उम्मेदवार उठाउने तय भएको बताए । नेता लेखकले सरकारमा सहभागी भएका चार दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताउनु भयो।

लेखकले देशभरीको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताउनु भयो । उहाँले राष्ट्रिय सभाको सदस्य चुनावकाे विषयलाई लिएर आज ४ बजे फेरि बैठक बस्ने र ५ बजे सत्ता गठबन्धनमा सहभागी सबै दलहरुको बैठक बस्ने जानकारी दिनुभयाे ।

 

तपाईको प्रतिक्रिया