समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले फेसनमा धरान अग्रणी रहेको बताएका छन् । हिजो शुक्रबार ‘धरान डे’ को विशिष्ठ अतिथिका रूपमा धरान गएका मेयर शाहले फेसनमा काठमाडौंभन्दा धरान फेमस रहेको बताएका हुन् ।
धरानका मेयर हर्क साम्पाङको आमन्त्रणमा गएका शाहले धरानको श्रमसंस्कृतिसमेत नेपालभर अनुकरणीय रहेको बताए। ‘धरानका बारेमा सुनिन्थ्यो, धरानका मान्छेहरूले सरकारको बजेटबिना बाटो बनाउँछन्, सडक सुकिलो राख्छन्,’ शाहले भने, ‘अहिले देखिँदै छ, विश्वभर धरानको नाम सुनिँदै छ ।’ आफ्नो मन्त्यव्यपछि बालेनले हर्क साम्पाङलाई आकाश भैरबको प्रतिमा उपहार दिएका थिए ।