Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पशुपति मन्दिरभित्रको आरती सकिएपछि हरेक साँझ बागमती नदी किनारको आरती सुन्न पाइन्छ । सामान्यतः बेलुकी ७ बजेपछि सुरु भएर एक घण्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड लाग्छ । आरतीमा पुजारी र सांगीतिक टोलीको कलात्मक प्रस्तुति र भजन सुन्न पाइन्छ ।

यहाँ भगवान् शिव र पशुपतिको मात्र नभएर बागमती गंगा र सम्पूर्ण देवीदेवताको पूजा गरिन्छ । यहीबीच बिहीबार एकाएक आरती र दीपप्रज्वलनको फोटो र भिडियो खिच्ने निषेध गरिएको प्रकाशित सूचना प्रकाशित भयो । पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिको लोगो रहेको उक्त सूचनामा ‘यस पशुपतिनाथ आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर (मुख्य) क्षेत्रमा हुने दीपप्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौँ’ भनिएको छ ।

यो सूचनापछि आरती र दीपप्रज्वलनको भिडिओ खिच्ने अधिकार पशुपति क्षेत्र विकास कोषले कुनै एउटा निजी कम्पनीलाई दिएको भन्दै त्यसबारे व्यापक आलोचना भइरहेको छ । व्यावसायिक प्रयोजनका लागि अरू कसैले गंगा आरती र मुख्य क्षेत्रमा हुने दीपप्रज्वलनको भिडिओ खिच्न नपाउने भनेर सूचना सामाजिक सञ्जालमा देखा परेसँगै यसको चर्को आलोचना भएको हो ।

यो सूचना सामाजिक सञ्जालमा देखापरेसँगै प्रयोगकर्ताहरूले पशुपति क्षेत्र विकास कोषको आलोचना गर्दै विभिन्न पोस्टहरू लेखेका छन् । कतिपयले किन र केका लागि भिडियो खिच्न नपाउने भन्दै प्रश्न गरिरहेका छन् । के अव सर्वसाधारणले पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडियो खिच्न नपाउने हो ? पशुपतिनाथ मन्दिर सरकारको बिर्ता हो ? भन्दै प्रश्न उठ्न थालेको छ ।

मानवी पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘पशुपतिनाथको आरतीमा पनि व्यापार ? हिन्दु धर्म र आस्थाको बारेमा सामान्य जानकारीसमेत नभएकाहरूलाई पशुपति क्षेत्र विकास कोषमा ल्याएर हुलेपछि यति त हुनु नै पर्‍यो ।’

के भन्छ पशुपति क्षेत्र विकास कोष ?
पशुपतिनाथ मन्दिर परिसर, आर्यघाट र सन्ध्या आरतीमा फोटो र भिडियो खिच्ने विषयमा प्रकाशित सूचनाको चौतर्फी आलोचना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रस्टीकरण दिएको छ । कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले विज्ञप्तिमार्फत सूचना प्रकाशित गरेको विषयमा कोषको संलग्नता नरहेको दाबी गरेकी हुन् । बुढासुब्बा डिजिटल प्रालिले सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको उनको भनाई छ ।

पशुपतिनाथ मन्दिर सार्वजनिकस्थल भएकाले जसले पनि फोटो भिडिओ लिन पाउँछ तर, कोषबाट १ लाख ६० हजारमा वार्षिक रूपमा बुझाउने सर्तमा फोटो र भिडिओको ठेक्का पाएको बुढासुब्बा डिजिटलले सर्वाधिकार भएको दाबीसहित सूचनापाटी राखेको हो ।

कोषका प्रशासन प्रमुख रेवतीरमण अधिकारीले भक्तजनलाई फोटो र भिडिओ खिच्न रोक नलगाइएको दाबी गरे । उनले मन्दिरभित्रै भिडिओ र फोटो खिचेको सार्वजनिक भएपछि त्यसलाई नियमन र नियन्त्रण गर्न मात्रै ठेक्का दिएको भन्दै बचाउ गरेका हुन् ।उनका अनुसार बुढासुब्बा डिजिटलले आरतीमा भक्तजनसँग शुल्क लिएर फोटो भिडिओ खिच्ने, व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्ने भए पनि त्यसमा कोषले निर्धारण गरेको शुल्क लिने छ । ‘पशुपतिनाथ मन्दिर परिसरबाट बाहिर आएर श्रद्धालु भक्तजनले फोटो र भिडियो खिच्न पाउनुहुन्छ । त्यसमा कुनै रोक छैन,’ उनले भने, ‘मन्दिर र मन्दिर परिसरभित्र फोटो र भिडियो खिच्न पहिलेदेखि नै निषेध छ । कोषले निषेधित क्षेत्रमा फोटो भिडिओ खिच्नेमाथि नियमन र नियन्त्रण गर्न मात्रै बुढासुब्बालाई अनुमति दिएको हो । सर्वाधिकार दिइएको होइन ।’

बुढासुब्बा डिजिटल प्रालिको भनाई
बुढासुब्बा डिजिटल प्रालिले भने आफूले टेन्डरमार्फत प्रक्रिया पुर्‍याएर नै भिडिओ खिच्ने अधिकार पाएकाले उक्त सूचना राखेको बताएको छ ।

यही वर्ष जेठ २२ गते पशुपति क्षेत्र विकास कोषले सूचना निकालेपछि नै आफू करारका लागि गएको उक्त कम्पनीका सञ्चालक नवराज गिरीले बताए । ‘भिडिओ सुटिङका लागि एउटा टेन्डर खुलेको थियो मैले बिडिङ गरेँ अनि मलाई पर्‍यो भनेर मैले थाहा पाएँ,’ उनले भने, ‘त्यसपछि मलाई करार गर्न बोलाइएको हो । मैले १ करोड १४ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर र १ लाख ८० हजार ८ सय रुपैयाँ तिरेर करार गरेको हुँ । तर मैले काम गर्न पाएको छैन ।’आफूले त्यति रकम तिरे पनि युट्युब प्रयोगकर्ताहरूले पशुपति क्षेत्रभित्रकै निषेधित क्षेत्रमा पनि भिडिओ खिच्ने वा लाइभ गर्ने गरेको देखेपछि आफूले सूचना लगेर मन्दिरभित्र राखेको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया