Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

टोकियो – जापानका लागि नयाँ वर्षको पहिलो दिन निकै भयानक रह्यो । १ जनवरीका दिन बेलुका चार बजेर १० मिनेट हुँदा जापानको उत्तरी क्षेत्रको मुख्य टापु होन्सुको नोटो प्रायद्वीपमा ठूलो भूकम्प गयो । सो भूकम्पको झट्का करिब तीन सय किलोमिटर टाढाको राजधानी टोकियोमा पनि महसुस गरिएको थियो । भूकम्प आएपछि जापानी अधिकारीले सुनामीको चेतावनी दिएका थिए । करिब पाँच मिटर अग्लो छाल निम्त्याउने सुनामीबाट जोगिन तटीय क्षेत्रमा बस्ने मानिसलाई बस्ती खाली गर्न आग्रह गरिएको थियो ।

राष्ट्रिय समाचार च्यानल एनएचकेमा बस्ती खाली गर्ने आग्रह गरिँदा अधिकारीले ‘भयानक पूर्वी-जापान भूकम्पलाई सम्झिऊँ’ भनेका थिए । स्मरण रहोस्, ‘भयानक पूर्वी-जापान भूकम्प’ले सन् २०११ को भूकम्पको संकेत गर्छ, जहाँ ठूलो सुनामी आएर फुकुसिमा आणविक भट्टीमा भयानक क्षति पुगेको थियो । भूकम्प आएको घन्टौँसम्म टेलिभिजन च्यानलमा पहेँलो रंगको ठूला अक्षरमा ‘सुनामी आउनेवाला छ ! भागौँ’ लेखिएको थियो ।तर, १ जनवरीका दिन आएको प्रकोप सोचेजति घातक थिएन । सबैभन्दा ठूलो झट्का ७.६ म्याग्निच्युटको थियो, जुन सन् २०११ को सुनामी ९.० म्याग्निच्युटभन्दा कम हो । ठूलो सुनामी आएन र भूकम्पपछि इपिसेन्टरछेउको वजिमा बन्दरगाहमा १.२ मिटर मात्रको छाल आएको थियो । ५ जनवरी साँझ ६ बजेसम्मको रेकर्डमा ९२ जना भूकम्पका कारण मारिएको पुष्टि भएको थियो । ९२  जनाले ज्यान गुमाउनु दुःखकै कुरा हो तर यो यो दुख सन् २०११ मा करिब २० हजार मानिस मारिएको त्रासदीभन्दा निकै कम हो । १ जनवरीका दिन गएको भूकम्पका दरार नजिक थुप्रै आणविक भट्टी थिए, तर तिनमा कुनै किसिमको क्षति नपुगेको आणविक नियमन प्राधिकरणले जनाएको छ । स्मरण रहोस्, प्राधिकरण फुकुसिमा त्रासदीपछि स्थापित भएको हो ।

यसका बाबजुद भूकम्पले गम्भीर क्षति र व्यवधान निम्त्याएको छ । सुरुमा करिब ९७ हजार मानिसलाई घर खाली गर्न निर्देशन दिइएको थियो । र, करिब ३० हजार परिवारमा ऊर्जामा व्यवधान निम्तियो भने दर्जनौँ साना सहर र गाउँमा खानेपानीको सुविधामा रुकावट आएको थियो । वजिमामा एउटा आगलागीबाट दुई सयभन्दा बढी भवन नष्ट हुन पुगेका थिए । नोटो प्रायद्वीपको मुख्य एयरपोर्टको धावनमार्गमा दरार आएको थियो । अधिकारीहरूले ठुल्ठूला परकम्प आउने चेतावनी दिएका छन् । जापानका सम्राट् र साम्राज्ञीले नयाँ वर्षका दिन सार्वजनिक हुने परम्परा रोक्दै सो परम्परा २ जनवरीका लागि सारेका थिए ।यति मात्रै होइन, २ जनवरीका दिन टोकियोको हेनेडा एयरपोर्ट जापान एयरलाइन्सको जहाजमा आगलागी भएको थियो । प्रारम्भिक प्रतिवेदनअनुसार भूकम्प प्रकोप क्षेत्रको राहतका लागि तयार अवस्थामा रहेको जहाजसँग जापान एयरलाइन्सको जहाज ठोक्किएको थियो । जापान एयरलाइन्सका जम्मै तीन सय ७९ यात्रु र चालक दल सकुशल रहे भने राहतका लागि तयार जहाजका चालक दलका ६ सदस्यले भने ज्यान गुमाए ।

जापान विश्वकै भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्छ । जापानको इतिहासमा ठुल्ठूला भूकम्प आई नै रहेका हुन्छन् र यससँगै राजनीतिक परकम्पन पनि जोडिएर आउने गरेका छन् । सन् १९२३ मा ७.९ म्याग्निच्युटको भूकम्प गएको थियो, जहाँ कम्तीमा एक लाख पाँच हजार मानिस मारिएका थिए । त्यतिवेलाको यो त्रासदीले सरकारलाई भूकम्पप्रतिरोधी भवन संहिता लागू गर्न र प्लेट टेक्टोनिक्सबारे हुने गहन अध्ययनलाई समर्थन गर्न प्रेरित गरेको थियो ।जापान अझै पनि ‘भयानक पूर्वी–जापान भूकम्प’को परिणामलाई लिएर काम गरिरहेको छ । स्मरण रहोस्, यो भूकम्पले फुकुसिमा आणविक भट्टीमा क्षति पुर्‍याएको थियो र त्यसयता जापानका सबै आणविक भट्टी अस्थायी रूपमा बन्द गरिएका छन् । जसै सार्वजनिक विरोध मत्थर हुँदै गइरहेको छ, जापानको अहिलेको सरकार आणविक शक्तिकेन्द्रलाई ब्युँताउने बहस गरिरहेको छ । तर, हरेक भूकम्पका झट्काले भूकम्पीय जोखिम विद्यमान नै छ भन्ने देखाउँछ ।

तर, यति भन्दै गर्दा नोटो प्रायद्वीप भूकम्पले भूकम्पीय जोखिमको सामना गर्ने सामथ्र्यको विकासको पनि झल्को दिन्छ । यदि जापानले प्रकोप जोखिम न्यूनीकरणमा काम नगरेको भए भूकम्पीय क्षति धेरै हुने थियो । जापानले भूकम्पीय तयारीको उपायमा धेरै लगानी गर्छ । ठूला भूकम्पबारे पूर्व चेतावनी प्रणालीले टेलिफोन र मोबाइलमा भूकम्पबारे जानकारी दिन्छ । १ जनवरीका दिन एनएचके टेलिभिजनमा प्रधानमन्त्री सम्मिलित कार्यक्रमलाई समेत रोकेर भूकम्पीय पूर्व चेतावनी प्रसारण गरिएको थियो । स्थानीय सरकार र व्यापारिक योजनाले प्रकोपका मामिलामा घनीभूत तालिम प्रदान गर्ने गर्छन् । भूकम्प आएलगत्तै नोटो प्रायद्वीपको इसिकावा प्रेफेक्चर (जिल्ला) मा प्रकोप प्रतिकार मुख्यालय खोलिएको थियो ।२ जनवरीको बेलुका एनएचके टेलिभिजन क्षतिको आपत्कालीन राहतकर्ता र सर्वसाधारणले राहतकर्ताबाट पानी लिइरहेको दृश्य देख्न सकिन्थ्यो । अन्यत्र जापानका थुप्रै नयाँ वर्षका प्रचलन देख्न सकिन्थे । २ जनवरीका दिन हाकोने एकिडेन दौड प्रतियोगिता जापानी ट्विटर (अहिले एक्स) मा ट्रेन्ड भइरहेको थियो । त्यसैगरी भूकम्प आएको २४ घन्टा नबित्दै अर्थात् २ जनवरीका दिन दिउँसो ३ बजे भूकम्प गएको क्षेत्रनजिक बुलेट ट्रेन चलेका थिए । –द इकोनोमिस्टबाट

तपाईको प्रतिक्रिया