Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन्। उनि दुई दिने नेपाल भ्रमणमा आएका थिए। बिहीबार बिहान काठमाडौं आइपुगेका उनी भ्रमण सकेर शुक्रबार दिउँसो भारत फिर्ता भएका हुन् । नेपाल भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले हिजोको बैठकमा भारतीय डेलिगेसनको नेतृत्व गरेका थिए ।

बैठकमा दुई देशबीच कनेक्टिभिटी, पूर्वाधार विकास, आर्थिक साझेदारी, व्यापार, ट्रान्जिट, लगानी, उर्जा, जलस्रोत, संस्कृति, पर्यटन, खेलकुद तथा स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने बारे छलफल भएको जनाइएको छ । यसैगरी भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन रुपमा १० हजार मेगावाट बिजुली किनबेचका लागि सम्झौतामा हस्ताक्षर भएको छ भने विदेशमन्त्री जयशंकर र नेपालका परराष्ट्र मन्त्री एनपी साउदले १३२ केभीएका तीनवटा प्रसारण लाइनको संयुक्त रुपमा उद्घाटन पनि गरेका छन् ।***

तपाईको प्रतिक्रिया