Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – फिल्म ‘दिमाग खराब’को सफलतापछि अभिनेत्री स्वस्तिमा खड्का नयाँ फिल्मको तयारीमा जुटेकी छन् । ‘बेहुली फ्रम मेघौली’ शीर्षकको फिल्ममा उनले मुख्य भूमिकामा काम गर्न लागेका हुन् ।

लेखकद्वय आकाश बराल र सजन काफ्लेको संयुक्त निर्देशन रहने फिल्मको छायांकन आगामी चैतबाट सुरु गर्ने तयारी गरिएको छ । निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर र मेघौली फिल्म्सको संयुक्त निर्माणमा बन्न लागेको फिल्मलाई आकाश र सजन स्वयंले लेखेका हुन् । दुवैले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

स्वस्तिमा यस वर्ष ‘बेहुली फ्रम मेघौली’मा मात्र काम गर्ने योजनामा रहेको बताइएको छ । उनले केही समयअघि आफैंले फिल्म निर्माण गर्न लागेको बताएकी थिइन् । उनी निर्माता रहने फिल्म यही हो । शीर्षकले फिल्ममा उनी बेहुलीको भूमिकामा हुनसक्ने संकेत गर्छ ।

तपाईको प्रतिक्रिया