बुधबार, फाल्गुण ०९, २०८०
Wednesday, February 21, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. एस जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन्। दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आएका बिदेशमन्त्री जयशंकरले आज बिहान पशुपतिनाथ दर्शन गरेका हुन ।

पशुपतिनाथको दर्शन गरेपछि उनले मन आनन्दित भएको बताए। उनले नेपाल-भारत सम्बन्ध र दुई देशका जनताको कल्याणका लागि प्राथना गरेको बताएका छन्। उनले भने,’ आज बिहान पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा मन आनन्दित भएको छ। नेपाल-भारत सम्बन्ध र हाम्रा दुई देशका जनताको कल्याणका लागि प्रार्थना गरेँ।’ भ्रमणका क्रममा विदेशमन्त्री डा.जयशंकरले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार शिष्टाचार भेटवार्ता गरेका थिए।

उनी आजै स्वदेश फर्कदैछन ।

 

तपाईको प्रतिक्रिया